मनसुन बाहिरिन अझै केही दिन लाग्ने, आज वर्षाको सम्भावना

मनसुन बाहिरिन अझै केही दिन लाग्ने, आज वर्षाको सम्भावना

काठमाडौँ । मौसमविद मञ्जु बासीका अनुसार नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने भएको छ। बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा यथावत रहेकोले मौसम बाहिरिन समय लागेको मौसमविद मञ्जु बासीले जानकारी दिइन्।

उनका अनुसार बुधबार पनि मुलुकका केही स्थानमा पानी पर्ने सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बुधबार राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ।

यस्तै प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । अहिले बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदलीको अवस्था छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार