दाङकी कोरोना संक्रमित महिलाको नेपागञ्जमा मृत्यु

दाङकी कोरोना संक्रमित महिलाको नेपागञ्जमा मृत्यु

काठमाडौं । दाङमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा बुधबार दिउँसो मृत्यु भएको हो ।

असोज १८ गते नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन राति ११:४५ बजे भेरी अस्पताल भर्ना गरिएको थियो ।

कोरोना संक्रमितका लागि गरिने सबै प्रकारको उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेजे जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार