उपचाररत दुई कोरोना संक्रमित अधिवक्ताको मृत्यु

उपचाररत दुई कोरोना संक्रमित अधिवक्ताको मृत्यु

काठमाडौं । कोरोना संक्रमित भएपछि उपचाररत रहेका दुई जना अधिवक्ताको मृत्यु भएको छ। नेपाल बार एसोसिएसन ललितपुरका पूर्व अध्यक्ष तथा अधिवक्ता दीपककुमार बिष्ट र उच्च अदालत बार एसोसिएसन विराटनगरको कार्य समितिका पूर्व अध्यक्ष तथा अधिवक्ता रामबहादुर निरौलाको मृत्यु भएको हो।

बिष्टलाई केही दिनदेखि ललितपुरस्थित मेडिसिटीको भेण्टिलेटरमा राखिएको थियो। मुटुमा समस्या देखिएपछि केही समय पहिले उनको मुटुमा स्टेन हालिएको थियो।

त्यस्तै पाटन उच्च अदालत बार एसोसिएसन कार्यसमितिका पूर्व सदस्य तथा अधिवक्ता श्रीराज कोइरालाको पनि मृत्यु भएको छ। उनी मृगौलामा पलाएको ट्युमरको उपचारको क्रममा पाटन अस्पताल भर्ना भएका थिए । उनको शुक्रवार निधन भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार