बुधबार थप २६३८ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

बुधबार थप २६३८ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टमा नेपालमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

त्यस्तै काठमाडौं उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।
देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । तीमध्ये संस्थगत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेसनमा २१ ५४८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २१७४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ। बुधबार मात्र थप मृतक १२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार