चाडपर्व लक्षित कर्णाली प्रदेश प्रहरीको विशेष सुरक्षा योजना सार्वजनिक

चाडपर्व लक्षित कर्णाली प्रदेश प्रहरीको विशेष सुरक्षा योजना सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेश प्रहरीले चार्डपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो । चार्ड पर्वमा हुन सक्ने सम्भाबित घटना र अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने गर्ने गरी विशेष सुरक्षा योजना बनाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

आइतबारबाट नयाँ सुरक्षा योजनाअनुसार प्रहरी काम गर्नेछ । एसएसपी बास्तोलाका अनुसार कणरलीमा तीन हजार ७८९ प्रहरीले नयाँ सुरक्षा योजना अनुसार सुरक्षा दिनेछन् । दसैँ तिहारमा हुने जुवा, तास र मदिरा सेवनलाई पनि नियन्त्रण गर्ने गरी रणनीति तयार गरिएको उनले बताए । चार्डपर्वको अवधिभर प्रदेशका १९० स्थानमा राजमार्ग सुरक्षा तथा ग्रामिण मोबाइल गस्ती, २८ स्थानमा नियमित चेक प्वाइन्ट, ३९ स्थानमा ट्राफिकसहित आकस्मिक चेक, ७४ पिकेट, २० स्थानमा धार्मिक तथा पर्यटकीय स्थलको सरक्षा र १७ स्थानमा बजार अनुगम टोली खटिने प्रवक्ता बास्तोलाले जानकारी दिए ।

त्यस्तै राजमार्ग स्कर्टिङ, पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन लगायतमा प्रहरी खटिने एसएसपी बास्तोलाले बताए । ‘बढी भीड हुने २४ स्थानमा यात्रु सहायता कक्ष तयार गरिएको छ,’ उनले भने, ‘तोकिएको दरभन्दा बढी भाडा लिएर यात्रु ठग्नेलाई कारबाही गछौं ।’

बैंक र बित्तीय संस्था तथा आर्थिक कारोबार बढी हुने ३१ स्थानमा पनि प्रहरी परिचालन गरिने छ । चाडपर्व अवधिभर अपराधिक गतिविधि तथा सवारी दुर्घटना नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयसहित प्रत्येक जिल्लामा एक एक वटा ‘कमाण्ड सेन्टर’को पनि स्थापना गरिने एसएसपी बास्तोलले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार