सोमबार थप ३७९० जनामा कोरोना संक्रमण, उपत्यकाका २३८८ जना

सोमबार थप ३७९० जनामा कोरोना संक्रमण, उपत्यकाका २३८८ जना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार बढीको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ।

त्यस्तै यस अवधिमा २ हजार ३३५ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये २३८८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २००८ जना, ललितपुरका २८१ र भक्तपुरका ९९ जना रहेका छन् ।

त्यस्तै थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार