श्रम अदालतको अध्यक्षमा न्यायाधीश रामप्रसाद ओली

श्रम अदालतको अध्यक्षमा न्यायाधीश रामप्रसाद ओली

काठमाडौं । सरकारले श्रम अदालत गठन गरेको छ । मन्त्रिपरिषदको असोज २९ गतेको बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने गरी श्रम अदालत गठन गरेको छ ।

उच्च अदालत तुल्सीपुरका न्यायाधीश रामप्रसाद ओलीलाई अध्यक्षको जिम्मेवारी तोकिएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत गुरुंगले श्रम अदालत गठन गरिएको जानकारी दिएका हुन् । सदस्यहरुमा प्रेम कुमार राई र नीशा बानिया रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार