लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको नि शुल्क उपचार गर्ने

लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको नि शुल्क उपचार गर्ने

बुटवल । लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका कोरोना संक्रमित बिरामीको उपचार निस्शुल्क नै गर्ने बताएको छ। मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितहरुको उपचार निस्शुल्क गर्ने जानकारी दिए।

‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निस्शुल्क उपचारको व्यवस्था यथावत रहेको छ,’ फेसबुकमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयपछि सरकारको आलोचना भइरहेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थले पनि प्रदेशका चारवटै अस्पतालमा संक्रमितको उपचार निस्शुल्क नै भएको बताए। संघीय सरकारले सोमबारदेखि गरिब विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमित बिरामीको शुल्क लिने बताएको भए पनि लुम्बिनी प्रदेशका चारवटै अस्पतालमा निस्शुल्क नै भएको उनले बताए।

सरकारले यसअघि नै निस्शुल्क गर्दै आएको उपचारलाई रोक्न र शुल्क लिन प्रदेश सरकार र मन्त्रालयमार्फत कुनै पनि परिपत्र नगरिएको र निस्शुल्क उपचारको व्यवस्था यथावत रहेको उनले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार