रुकुममा पूर्व जनमुक्ति सेनाका भाईस पलाटुन कमाण्डर काँग्रेसमा प्रवेश

रुकुममा पूर्व जनमुक्ति सेनाका भाईस पलाटुन कमाण्डर काँग्रेसमा प्रवेश

मुसिकोट । रुकुम पश्चिममा पूर्व जनमुक्ति सेनाका भाईस पलाटुन कमाण्डर तथा गाउँ इन्चार्ज यामबहादुर घर्ति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको मुसीकोट नगरपालिका-११ लहुँ निबासी यामबहादुर घर्तिले कम्युनिष्ट सरकारले देश र जनताको भन्दा आसेपासेमुखी भएका कारण कांग्रेसमा प्रवेश गरेको बताए । उनले भने, ‘इमान्दार कार्यकर्ताहरु पाखा लगाई सक्ता र शक्तिमा नातावाद, कृपावाद हाबी भएकोले नेकपा छोडेको जनाए ।’

शुक्रबार बिहान एक कार्यक्रमका बिच नेपाली कांग्रेस रुकुम पश्चिमको पार्टी कार्यालयमा घर्तिलाई कांग्रेसका जिल्ला सभापति प्रेम प्रकाश ओलीले पार्टी सदस्यता पत्र प्रदान गदै स्वागत गरेका हुन । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाली कांग्रेस पूर्व पार्टी सभापति मानबहादुर नेपाली, पार्टी सचिव गोरखबहादुर खत्री जिल्ला सदस्य टोपबहादुर खड्का लगायतले स्वागत गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार