कोरोना संक्रमणबाट जसपाका नेता गजेन्द्रबहादुरको मृत्यु

कोरोना संक्रमणबाट जसपाका नेता गजेन्द्रबहादुरको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बु (इस्बो) को मृत्यु भएको छ । असोज २७ मा कोरोना संक्रमण पुष्टि भएका इस्बोको मंगलबार बिहान मृत्यु भएको हो ।

इस्बोलाई कात्तिक १२ मा न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । निमोनियाको समस्या देखिएका उनको मंगलबार बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष हुन् । भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष रहेका ६३ वर्षीय इस्बो समाजवादी पार्टीका नेता हुन् । उनी पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लामो समयदेखि लड्दै आएका थिए । धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा पनि मेयरको उम्मेदवार बनेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार