सिम्रिक एयर द्धारा एक महिनामा २९ कोरोनाका बिरामीको हवाई उद्धार

सिम्रिक एयर द्धारा एक महिनामा २९ कोरोनाका बिरामीको हवाई उद्धार

काठमाडौं । गम्भीर अवस्थामा रहेका कोरोना भाइरसका संक्रमित बिरामीमध्ये सोमबारसम्म २९ जनाको हवाई उद्धार भएको छ । सिम्रिक एयरले अहिले औपचारिक रुपमा कोरोना संक्रमित बिरामीको हवाई उद्धार गरिरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट संक्रमितको उद्धारका लागि सिम्रिकले अनुमित पाएको थियो । कम्पनीका अनुसार आइतबार पोखराबाट एक जनालाई हवाई उद्धार गरिएको छ ।

अहिलेसम्म भएका २९ उद्धारमध्ये सबै बिरामीलाई विभिन्न जिल्लाबाट थप उपचारका लागि काठमाडौं ल्याइएको हो । अहिलेसम्म बुटवल, लहान, भरतपुर, विराटनगर, पाल्पा, विर्तामोड, जुम्ला, धरान, पोखरा, भद्रपुर, धनगढी, वीरगन्ज, ओखलढुंगा र गाइघाटबाट संक्रमित बिरामीलाई हवाई उद्धार गरिएको सिम्रिक एयरले जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार