बर्दिया २ र दाङका १ कोरोना संक्रमितको मृत्यु

बर्दिया २ र दाङका १ कोरोना संक्रमितको मृत्यु

फाइल फोटो

दाङ । बाँकेमा बर्दियाका दुई र दाङका एक जना गरी सोमबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। बर्दियाको ठाकुरद्धारा नगरपालिका-२ निवासी २९ सोमबार दिउँसो बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। सोमबार विहान मात्रै स्वाब परीक्षण गरिएका उनको बेलुका ६ बजे मात्रै रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यस्तै बर्दिया बाँसगढी नगरपालिका-८ का अर्का एक ३५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमबार बेलुका बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। चोट लागेर खुट्टाको जोर्नी खुस्केको समस्या लिएर उनी कात्तिक २३ गते नेपालगञ्जस्थित वस्टर्न अस्पतालमा भर्ना भएका थिए। कोरोना शंका लागेर पिसिआर परीक्षण गर्दा उनको बेलुका ५ बजे रिपोर्ट पोजेटिभ आएको र बेलुका सवा ८ बजे मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।

त्यस्तै सोमबार बेलुका दाङको घोराही निवासी थप एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-१५ निवासी ६४ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए।

आइतबार राति १२ बजेतिर उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि दाङबाट गएर भेरी अस्पतलामा भर्ना भएका थिए। स्वाशप्रश्वासमा समस्या बढ्दै गएपछि उनको सोमबार बेलुकी ९ बजेर ९ मिनेट जाँदा मृत्यु भएको हाे । मृतक तीनै जनाको बाँकेमै शव व्यवस्थापनको तयारी गरिएको फोकल पर्सन श्रेष्ठले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार