काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{;ldltsf] a}7s z'qmaf/ nlntk'/l:yt kf6L{ s]Gb|Lo sfof{no ;g]kfdf a:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशन सन्दर्भ र सरकारका विरुद्धको आगामी रणनीतिका विषयमा छलफल हुने काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

यस्तै तत्कालीन राप्रपा नेता सुनिल थापा समूहको व्यवस्थापन र सांसद सूर्यबहादुर केसीको निधनका कारण रिक्त समानुपातिक कोटाको सांसदमा मोहन पाण्डेलाई पठाउने निर्णय लिने महतले बताए । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएको मुद्दाका विषयमा सहमतिको खाका तयार नभएकाले बैठक सहज रुपमा सञ्चलन हुनेमा आशंका देखिन्छ ।

१४औँ महाधिवेशन, केन्द्रीय विभाग गठन–मनोनयन, क्रियाशील सदस्यताको वितरण तथा नवीकरण, भ्रातृ एवं शुभेच्छुक संस्था अधिवेशन, अन्य पार्टीबाट काँग्रेसमा आउने नेता तथा कार्यकर्ताको समायोजनको मापदण्ड र विदेशस्थित जनसम्पर्क समितिका पौडेल पक्षको फरक मत छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार