सिद्धबाबालाई थुनामा राख्न सर्वोच्च अदालतको आदेश

सिद्धबाबालाई थुनामा राख्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । बलात्कार आरोप लागेका सिद्धबाबा भनेर चिनिने कृष्‍णदास गिरीलाई थुनामा नै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । एक अनुयायीमाथि बलात्कार गरेको अभियोगमा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई २०७६ माघ ९ गते धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो ।

सिद्धबाबाबाले उक्त आदेश बेरीतको रहेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर गत शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उच्च अदालतको आदेश बेरीतको नदेखिएको भन्दै सिद्धबाबालाई थुनामा नै राख्न आदेश दिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार