काँग्रेसले दियो मुसिकोट नगरपालिका वडा नं. १३ लाई साबुन र माक्स

काँग्रेसले दियो मुसिकोट नगरपालिका वडा नं. १३ लाई साबुन र माक्स

संगम केसी /रुकुम पश्चिम
नेपाली काँग्रेस रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं १३ ले वडा स्तरिय बिपद व्यवस्थापन समितिको राहत कोषमा साबुन र मास्क जम्मा गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९ को संक्रमण फैलिन नदिनका सहयोग पुग्ने उद्देश्यले नेपाली काग्रेस वडा कार्य समितिका सभापती टिकाराम ओली र वडा अध्यक्षका उम्मेदवार टेक बहादुर केसीले संयुक्त रुपमा पार्टीको तर्फबाट वडा अध्यक्ष तथा बिपद व्यवस्थापन समितिका अध्यक्ष दिपक केसीलाई हातधुने साबुन १ सय १३ र १ सय ५५ मास्क हस्तान्तरण गर्नुभएको छ ।

सबैको सहकार्यमा कोरोना भाइरस नियन्त्रणमा सहयोग पुग्ने भएकोले नेपाली काँग्रेस वडा समितिलाई वडा अध्यक्ष केसीले धन्यबाद दिनुभएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि आफनो पार्टीले जिल्लाको निर्देशन अनुसार वडा कार्यालय सँग समन्वय गरेर सहयोग स्वरुप मास्क र साबुन हस्तान्तरण गरेको नेपाली काँग्रेस रुकुम पश्चिमका क्षेत्रीय सदस्य दल बहादुर खत्रीले बताउनु भयो ।

उहाँका अनुसार वडा कार्यालय सँग सहकार्य गरेर आफनो बडामा बिदेश गएकाहरुको खोजिकार्य जारी राखेको र केहिलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था भएको बताउनु भयो ।

यस्तै १३ नम्बर वडा कार्यालयले यस अघि आफनो वडाका सबै टोल-टोलमा पुगेर कोरोना भाइरसबाट बच्नको लागि जनचेतना मुलक सन्देश , साबुन र मास्क बितरण गर्दै आएको वडा सदस्य खल बहादुर केसीले बताउनु भयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार