नेपाल एयरलाइन्समार्फत् चीनबाट ल्याइयो स्वास्थ्य सामग्री

नेपाल एयरलाइन्समार्फत् चीनबाट ल्याइयो स्वास्थ्य सामग्री

१६ चैत, काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको हवाईजहाज काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सका अनुसार चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौं आएको एयरलाइन्सले जनाएको छ । ती सामग्री लिन शनिबार मध्याह्न वाइबडी चार्टर विमान ग्वाङ्झाओ गएको थियो ।

यसैबीच, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सिचुआन प्रान्त सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले चन्दा दिएका आपतकालीन सामाग्रीहरू, पीपीई, थर्मोमिटरलगायत सामान बोकेर चिनियाँ जहाज काठमाडौं प्रस्थान गरेको जानकारी दिएकी छिन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार