जीपको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

जीपको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

सांकेतिक तस्बिर

लमही । दाङको देउखुरीमा जीपले ठक्कर दिँदा एक पैदल यात्रीको ज्यान गएको छ । लमही नगरपालिका-५ नर्तीमा लु २ च ५६६४ नम्बरको जीपले सोमबार बेलुकी ठक्कर दिँदा पैदल यात्री प्युठानको मल्लरानी गाउँपालिका ५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको ज्यान गएको प्रहरी कार्यालय दाङले जनाएको छ ।

जीपको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा सोमबार राति ज्यान गएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार