रुकुम पश्चिममा असार २५ सम्म निषेधाज्ञा थप

रुकुम पश्चिममा असार २५ सम्म निषेधाज्ञा थप

मुसिकोट । रुकुम पश्चिममा जारी गरिएको निषेधाज्ञा पुनः थप गरिएको छ । यस अघि असार १७ गते सम्म जारी गरिएको निषेधाज्ञा असार २५ गते सम्म लम्ब्याईएको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार कोरोना संक्रमणको जोखिम कायमै रहेकोले एक हप्ता निषेधाज्ञा थप गरिएको हो । आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा असार २५ गते राति १२ बजे सम्म थप गर्ने निर्णय गरेको हो ।

यस्तै अब निषेधाज्ञा अवधिमा दैनिक उपभोग्य सामाग्री बिक्रीकाे लागि  बिहान ६ बजे देखि ११ बजे खोल्ने निर्णय गरिएको छ भने अब देखि बिहान ११ बजेदेखि दिउँसो ४ बजे सम्म फेन्सी, कस्मेटिक पसल, सुनचाँदि पसल, भाडा पसल खुला रहने सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाले बताउनुभयो । उहाँका अनुसार सैलुन, व्युटिपार्लर, होटेल, रेष्टुरेन्टहरु भने बन्द नै रहनेछन् । हार्डवेयर पसलहरु पनि बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म सञ्चालन हुनेछन् ।

सवारी साधन संचालन सम्बन्धमा भने जिल्लाभित्र तथा जिल्ला  बाहिर सञ्चालन हुने सम्पुर्ण सार्बजनिक सवारी साधनहरु असार २५ गते राति १२ बजेसम्म संचालनमा राेक लगाउने र निजी चार पाङग्रे सवारी साधन (जीप, भ्यान, कार टयाक्सी) मा चालक सहित बढीमा ४ जना सवार हुने गरी र दुई पाङग्रे सवारी साधन जिल्ला भित्र मात्रै सञ्चालन  गर्ने पाईनेछ ।

जिल्लामा अहिले सम्म ६ हजार ७ सय ८० जनाको कोरोना परिक्षण गर्दा २ हजार ३ सय ७६ संक्रमित भएको र २९ जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो । उहाँका अनुसार हाल जिल्लामा २ सय १० जना सक्रिय संमित रहेका छन् । समग्र रुपमा जिल्लामा संक्रमणदर कम भएपतापनि ग्रामिण क्षेत्रमा संक्रमणको दर कायमै रहकोले निषेधाज्ञा थप गरिएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार