वैशाख १ धनगढी
कैलालीको लम्की चुहामा ६५ वर्षीया एक महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ । प्रहरीले बिरगञ्जबाट आएकी ती महिलालाई १७ गतेदेखि लम्की चुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखेको थियो ।
कैलालीका प्रहरी प्रमुख सुदीप गिरीले ती महिला बिरगञ्जबाट आएको आएको पुष्टि गरे । प्रहरी उपरीक्षक गिरीका अनुसार कैलालीकी ती महिलाको बिरगञ्जमा चिया पसल थियो ।
उनी बिरगञ्जबाटै संक्रमित भएर आएको आशंका गरिएको छ । ¥यापिड टेष्टमा नेगेटिभ पाइएको उनको नमूना काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा पोजिटिभ पाईएको हो ।
सरकारले बिभिन्न जिल्लामा व्यवसाय तथा काम गर्दै आएका व्यक्तिहरुलाई लकडाउनका क्रममा आआफ्नो घर पठाउने क्रममा चैत १७ गते बिरगञ्जमा रहेका सुदूरपश्चिमका ३५ जनालाई बसमा राखेर पठाएको थियो । चैत १८ गते कैलाली पुगेका उनीहरु बिभिन्न ठाउँमा झरेका थिए ।