चट्याङले घरमा क्षति, वडाअध्यक्ष खड्का द्वारा राहत वितरण

चट्याङले घरमा क्षति, वडाअध्यक्ष खड्का द्वारा राहत वितरण

रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष खलबहादुर खड्का ।

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ का विभिन्न स्थानमा शुक्रबार बिहान पानीसँगै परेको चट्याङले क्षति पुर्‍याएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १३ को भालदुला टोलमा परेको चट्याङका कारण सोही स्थानीय खिमबहादुर ओलीको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको हो  ।

ओलीको घरमा चट्याङले क्षति पुर्‍याएको खबर पाएपछि १३ नम्बर वडाअध्यक्ष खलबहादर खड्का गाउँमा पुगेर वडा सरकारको तर्फबाट पीडित ओलिलाई दश हजार रुपैयाँ नगद सहयोग प्रदान गर्नुभएको छ । थोरै भएपनि पीडितलाई सहायता पुगोस भन्ने हेतुले सहयोग रकम प्रदान गरिएको वडाअध्यक्ष खड्काले बताउनुभयो ।

उहाँका अनुसार चट्याङका कारण खिमबहादुरको घर पूर्ण रुपमा क्षतिग्रस्त हुनुका साथै घरमा रहेका लत्ताकपडा खाद्यान्न र अन्य सामाग्रीहरु जलेर नष्ट भएका छन ।

वडा अध्यक्ष, सदस्य र प्रहरीको रोहवरमा क्षतिको विवरण संकलन गरि तयार गरिएको र सहयोगको लागि जिल्ला बिपद व्यवस्थापन समितिलाई पठाईने वडाअध्यक्ष खड्काले जानकारी दिनुभयो ।

यस्तै वडा नम्बर १३ कै पातल स्थित चुडामणि बस्यालको घरमा पनि चट्याङ पर्दा घरमा क्षति पुगेको छ भने थुमचौर स्थित राम बहादुर खड्काको घर नजिकै परेको चट्याङले एक वटा भैंसी घाइते भएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार