रुकुम पश्चिममा तोकियो एम्बुलेन्सको नयाँ भाडादर

कुन ठाउँका लागि कति भाडा ?

रुकुम पश्चिममा तोकियो एम्बुलेन्सको नयाँ भाडादर

कुन ठाउँका लागि कति भाडा ?

मुसिकोट । रुकुम पश्चिममा एम्बुलेन्सको नयाँ भाडादर कायम गरिएको छ । एम्बुलेन्स संचालकहरुले बिरामीहरु बाट मनोमानी रुपमा भाडा लिने गरेको गुनासो आएपछि  भाडादरमा एकरुपता कायम गर्न नयाँ भाडादर कायम गरेको हो ।

बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको एम्बुलेन्स भाडा निर्धारण समितिको बैठकले नयाँ भाडादर कायम गरेको जनाइएको छ । यसअघिको भन्दा केहि भाडा दर बृद्धि गरिएको छ ।

अब बिरामीका लागि कच्ची बाटोमा प्रतिकिमि २ सय र पक्की बोटोमा प्रतिकिमि १५० रुपैयाँ भाडा तोकिएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिले स्वास्थ्य सेवा कार्यालय सल्ले र मुसीकोट नगरपालिकाबाट जिल्ला भित्र र विभिन्न जिल्लामा जानका लागि भाडादर तोकेको हो ।

अबदेखि मुसीकोटबाट चौरजहारीका लागि ७ हजार र रुकुम पूर्वका लागि ६ हजार रुपैयाँ भाडा कायम गरिएको संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल रुकुम पश्चिमका अध्यक्ष कृष्ण कुमार ददेलले जानकारी दिनुभयो ।

मुसिकोटबाट सल्यानका लागि ८५००, सुर्खेतको लागि १५ हजार, रुकुम पूर्व बागलुङ हुदै काठमाडौँ ३३ हजार र सल्यान दाङ हुँदै काठमाडौको लागि ३५ हजार रुपैयाँ भाडा लिन पाउने व्यवस्था मिलाइएको छ ।

यस्तै मुसिकोटबाट तुल्सीपुरका लागि १३ हजार, घोराहीको लागि १४ हजार र नेपालगञ्जको लागि १८ हजार रुपैयाँ कायम गरिएको छ ।

बैठकले गन्तव्य स्थान सम्मको भाडा असुल गर्दा अनिवार्य रुपमा विल दिनुपर्ने र तोकिए भन्दा बढी भाडा असुलेको पाईएमा कारबाही गर्ने निर्णय गरेको छ । यसका साथै गत बर्षको बार्षिक प्रतिवेदन यहि भदौ २५ र मासिक प्रतिवेदन प्रत्येक महिनाको ७ गते भित्र समितिलाई पेश गनुपर्ने छ ।

जिल्लाका अधिकाश एम्बुलेन्सहरु नविकरण नभएकोले तत्कालै नविकरण गर्ने, भदौ महिना भित्र सबै एम्बुलेन्समा जिपिएस जडान र (ग) वर्गका एम्बुलेन्सहरु (ख) वर्गमा लिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने समितिले निर्णय गरेको छ ।

नयाँ भाडादर :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार