घरदैलोमा उम्मेदवार केसी

घरदैलोमा उम्मेदवार केसी

रुकुमकोट । रुकुम पूर्वमा सत्ता गठबन्धन तर्फका उम्मेदवारहरुले चुनावी अभियान अन्तर्गत भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् ।

जस अन्तर्गत गठबन्धनको तर्फबाट प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर केसीले शनिबारबाट सिस्ने गाउँपालिका वडा नम्वर ५ का विभिन्न ठाउँमा भेटघाट तथा चुनाव लक्षित कार्यक्रम सुरु गर्नुभएको छ ।

आईतबार उम्मेदवार केसीले सिस्ने गाउँपालिका वडा नम्वर ६ का ढकलबारा, छिप्रिदह लगायतका विभिन्न टोलमा पुगेर मतदाताहरु सँग भेटघाट, अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ ।

गठनबन्धनका साझा उम्मेदवार केसीले रुकुम पूर्वको विकासको लागि आफुलाई जिताउन आग्रह गर्नुभएको छ ।

रुकुम पूर्वको आफ्नो क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको भन्दै केसीले आफु विजय भए पछि विकासमा जोड दिने बताउनुभयो । रुकुम पूर्वको विकासको लागि गठबन्धनले आफुलाई अघि सारेको उहाँले बताउनुभयो ।

यस्तै रुकुम पूर्वबाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा १८ जना चुनावी मैदानमा उत्रिँदै छन्। सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रबाट पूर्ण बहादुर घर्ती, प्रदेश सभा (क) बाट नेकपा माओवादी केन्द्रकै तेजबहादुर ओली (प्रतीक) र प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका धनबहादुर केसी रहेका छन्।

नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि कैलाश कुमार मल्ल, प्रदेश सभा (क) बाट तेजेन्द्र बुढामगर  र प्रदेश सभा (ख) बाट भावना बुढाथोकी रहेकी छन्। यसैगरी राप्रपाबाट प्रतिनिधि सभा सदस्यका लागि खिमबहादुर खत्री र प्रदेश सभा (ख) बाट केशव चन्द्र समाल चुनावी प्रतिस्पर्धामा रहेका हुन।

मंगोल नेशनल अर्गनाइजेशनबाट प्रतिनिधि सभा सदस्यका लागि रतनबहादुर बुढा, प्रदेश सभा (क) बाट पुरा पुन र प्रदेश सभा (ख) बाट लेखन बुढा, नेश्नालिष्ट पिपुल्स पार्टीबाट प्रतिनिधि सभामा बलबहादुर बुढा चुनावी प्रतिस्पर्धामा रहेका छन्।

यस्तै प्रतिनिधि सभामा चन्द्रराज झाँक्री मगर, प्रदेश सभा (क) बाट सुरुल पुन मगर र दुतकुमार पुन मगर (गुमाने) र प्रदेश सभा (ख) बाट केशव रावल, नरहरि खड्का र पूर्णजंङ सिंहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार