आठविसकोटमा निःशुल्क सिमकार्ड वितरण

आठविसकोटमा निःशुल्क सिमकार्ड वितरण

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा नि:शुल्क सिमकार्ड वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर ९ राडीबजारमा नि:शुल्क सिमकार्ड वितरण गरिएको हो ।

बुधबार नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतले निशुल्क रुपमा ७०० वटा सिमकार्ड वितरण गरेको हो ।

उपभोक्ताहरुलाई सञ्चारको पहुॅचमा जोडदै सर्भसुलभ सेवा सुविधा दिने उद्देश्यले गाउँमै पुगेर नि:शुल्क सिमकार्ड वितरण गरिएको नेपाल टेलिकम कार्यालय रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

टेलिकमले निशुल्क सिमकार्ड वितरण गरेसॅगै यसक्षेत्रका बासिन्दा खुसी भएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार