मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ‘जनयुद्ध दिवस’ का अवसरमा सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाका प्रवक्ता खुमबहादुर खडकाले निकालेको सूचनामा फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा बिदा दिने उल्लेख छ।
चौरजहारी नगरपालिकाको १८ औँ नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र रहेका सरकारी कार्यालय, विद्यालय, संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ । उक्त नगरपालिकामा गत स्थानीय चुनावमा माओवादी केन्द्रले जितेको थियो ।
त्यस्तै यसअघि जिल्लाको आठविसकोट नगरपालिकाले पनि सूचना जारी गरेर जनयुद्ध दिवस’ का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
सर्वोच्च अदालतले गत पुस १३ गते अबदेखि ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो। शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो।
यस्तो छ सूचना: