चौरजहारीमा निःशुल्क ह्विलचियर वितरण

चौरजहारीमा निःशुल्क ह्विलचियर वितरण

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका क्षेत्रमा रहेका ८१ जना शारिरीक अपांगता भएका व्यक्तिहरुलाई निशुल्क ह्वीलचियर वितरण गरिएको छ । सुन्दर ढोका साथी सेवा ललितपुर र मानव विकास तथा सामुदायिक सेवाको आर्थिक तथा प्राविधिक सहयोगमा जन्मजात र जन्मपश्च्यात शारिरीक अपांगता भएका व्यक्तिहरुलाई निशुल्क ह्वीलचियर हस्तान्तरण गरिएको हो ।

सामुदायमा आधारित पुनस्थापना सेवाका सहजकर्ता सन्देश जैसीका अनुसार प्रति ह्वीलचियर ४० हजारको रकम वाट खरिद गरिएको हो । रुकुममा ६ पालिका सल्यानका २ र जाजरकोटका २ गरी १० वटा पालिका अन्तरगतका शारिरीक अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर प्रदान गर्ने लक्ष्य राखिएको थियो । थप ह्वीलचियर आएपछि दास्रो चरणमा वाँकी शारिरीक अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर प्रदान गरीने वताईएको छ ।

सोही अवसरमा डाक्टर तथा फिजियोथेरापीको टिमले परामर्श तथा फिजियोथेरापी सेवा समेत प्रदान गरेको थियो ।

कार्यक्रममा मानव विकास तथा सामुदायिक सेवा अन्तरगत आशा वाल विकास सेवाका संयोजक तुलसा शर्मा, चौरजहारी अस्पताल प्रशासक डिल वहादुर गिरी, सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक बिजता अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार