स्मृति दिवसमा बिरामीलाई फलफूल वितरण

स्मृति दिवसमा बिरामीलाई फलफूल वितरण

मुसिकोट । रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।

सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा मंगलबार बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।

नेपाल निजामति कर्मचारी संगठन रूकुम पश्चिमले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको संगठनका जिल्ला सचिव धनविर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्नुका साथै फलफूल वितरण गरिएको हो ।

फलफूल वितरण कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य जसबिर खत्री, कर्णाली प्रदेश कमिटी सदस्य तुल्सीराम बोहरा, जिल्ला अध्यक्ष पुष्पराज ओली लगायत जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार