पत्रकार अमरराजको तीज गित ‘तीजको बेला रमाइलो’ सार्वजनिक

पत्रकार अमरराजको तीज गित ‘तीजको बेला रमाइलो’ सार्वजनिक

मुसिकोट । पत्रकार अमरराज पुनको ‘तीजको बेला रमाइलो’ नामको गीत सार्वजनिक भएको छ ।

नेपाल टेलिभिजनमा कार्यरत पत्रकार अमरराज पुनको शब्द लेखन, जय देवकोटाको लय तथा गायिका मिना लामाको आवाजमा ‘तीजको बेला रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो ।

यस गीतको भिडियोमा सगुन थापाको मुख्य अभिनय रहेको छ । शब्द सर्जक पुनकै युट्युब च्यानल राजा क्रियशन घरबाट गीत बुधवार साँझ सार्वजनिक भएको हो ।

पछिल्लो समय बजारमा आउने तिजका गीतमा मौलिकता हराउँदै गएकाले नारीहरुको तिज पर्वलाई विशुद्ध तीजमा चित्रण गर्ने गरि गीत निर्माण गरिएको पुनको भनाइ छ ।

तीजको नाममा सृजना गरिएका केहि तिज भाकाहरु विवादित भईरहेको बेला पुनले मौलिक तथा बिशुद्ध तिज लक्षित गित तयार पार्नुभएको हो ।

भिडियो :

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार