सानीभेरी घटना : कुकुर सहितको प्रहरी टोलीद्वारा अनुसन्धान सुरु

सानीभेरी घटना : कुकुर सहितको प्रहरी टोलीद्वारा अनुसन्धान सुरु

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ की एक महिला घरमै मृत अवस्थामा भेटिएकी महिलाको घटना अनुसन्धानका लागि ल्याएको तालिमप्राप्त कुकुर सहितको प्रहरी अनुसन्धान टोलीले काम सुरु गरेको छ ।

प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट ल्याएको तालिम प्राप्त कुकुर सहितको टोली पुगेसँगै उक्त टोलीले आज दिउँसोबाट अनुसन्धान सुरु गरेको हो ।

बुधबार बिहान सानीभेरी गाउँपालिका वडा नम्बर ४ लामाचौरमा ४५ वर्षिया शुसिला मल्लको घरमा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार मृतक मल्लको गहना लुटेर हत्या गरिएको आशंका गरिएको छ ।

घरमा मृतक शुसिला र उहाँको बुहारी सँग बस्दै आउनु भएको थियो । तीन छोरा रोजगारीको शिलशिलामा बाहिर रहेको वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

शुसिलाको श्रीमानको यसअघि नै मृत्यु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार