चोरी तथा डाँका मुद्दामा दोषी ठहर भएका पूर्ववडाध्यक्ष चदारा पक्राउ

चोरी तथा डाँका मुद्दामा दोषी ठहर भएका पूर्ववडाध्यक्ष चदारा पक्राउ

मुसिकाेट ।  रुकुम पश्चिममा चोरी तथा डाँका मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्लाको आठबिसकोट नगरपालिका–८ चुर्तिपाखाका ३७ वर्षीय मानबहादुर चदारालाई प्रहरीले बिहीबार दिउँसो आठबिसकोट नगरपालिका–८ घुतीपाखाबाट पक्राउ गरेको हो । उनी नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश कमिटी सदस्य एवं आठबिसकोट नगरपालिका–८ का पूर्ववडाध्यक्ष हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार रुकुम जिल्ला अदालत, मुसिकोटले २०८१ मंसिर १९ गते चोरी तथा डाँका मुद्दामा चदारालाई १५ दिन कैद र ८ हजार ४४० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि फरार रहेका उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी झबिन्द्र परियारले जानकारी दिनुभयो।

पक्राउ परेका चदारालाई शुक्रबार आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत रुकुम पश्चिममा पेस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार