स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने

स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने

मुसिकोट । रुकुम पश्चिमको स्यार्पू तालमा सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ ।

असोज ११ गतेदेखि २३ गतेसम्म १४ औँ स्यार्पू बृहत खेलकुद कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । पालिकाको वडा नम्बर ३ स्यार्पू ताल नजिकै महोत्सव आयोजना गर्न लागिएको हो ।

बाँफिकोट गाउँपालिको आयोजना तथा वडा युवा तथा खेलकुद समितिको सह-आयोजनामा बाँफिकोट गाउँपालिका ६ मा रहेको कुसारी उन्नत बाख्रा पालन फर्म र वडा नम्बर ३ दहमा रहेको सेपिन्स होटेल एण्ड लजको व्यवस्थापनमा महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक मुल समारोह समितिले जनाएको छ ।

महोत्सवमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार सँगै स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने छ । नायक विराज भट्ट, अभिनेता पल शाह, हास्यकलाकार धुमुस सुन्तली, चर्तित लोक दोहोरी गायक राजु परियार, कुलेन्द्र विक, ज्योति मगर, समिक्षा अधिकारी, रामजी खाँड, सिम्रन परियार, बद्री पगेनी, टंक तिमल्सिना, कमला धिमिरे लगायत अन्य राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवमा भलिबल प्रतियोगिता सँगै अन्य खेलकुद प्रतियोगिता पनि सञ्चालन हुने बताएको छ ।

महोत्सवमा सुपथ मुल्यमा विभिन्न किसिमका सामग्री विक्रि वितरण हुनुका साथै स्यार्पू तालको समेत अवोकलन गर्न पाइने छ । महोत्सवमा प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार