मुसिकोट । नेकपा (बहुमत) ले रुकुम पश्चिममा वित्तीय आतंक भईरहेको भन्दै त्यसका बिरुद्ध ‘लाल आतंक’ घोषणा गरेको छ ।
मुसिकोटमा पत्रकार भेटघाट कार्यक्रम राखेर बित्तिय आंतका बिरुद्ध लाल आतंक घोषणा गरिएको हो । नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी सोमपाल कामीले बैंक तथा बित्तिय संस्थाहरुले जनतामा आर्थिक भार थोपारेर अनेकन यातना दिईरहेको बताउनुभयो । जनतालाई दिएको यातना सह्य नभएकोले लाल आतंक घोषण गर्न बाध्य भएको उहाँको भनाई रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको लागि बनाइएको ऐनमा माफिया घुसाएर टार्गेट पूरा गर्ने नाममा गरिब विपन्नलाई ऋणको भारिले थोपर्ने काम भईरहेको उहाँले बताउनुभयो ।
वित्तीय संस्थाका कारण कतिपय जनता घरवारविहीन भएको, विभिन्न मानसिक यातनाको सिकार हुँदै आत्महत्यासम्म गर्न पुगेको, बैंक तथा वित्तिय संस्था अनि मिटर व्याजको आतंकले सामाजिक प्रतिष्ठा ध्वस्त पारेकोले यसका विरुद्ध पार्टीले वित्तीय आतंकका विरुद्ध लाल आतंक घोषणा गरेको नेकपा (बहुमत) रुकुम पश्चिले जनाएको छ ।

