आईतबार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७९.९२ प्रतिशत मत खसेको छ ।
सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद कोइरालाका अनुसार एक हजार ४३४ मतदाता मध्य एक हजार १४६ जनाको मत खसेको हो । ६०६ जना महिला र ५०४ जना पुरुषले मतदान गरेको कोईरालाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मत पेटिका संकलनको काम भईरहेको छ भने आजै मत गणनाको काम सुरु हुने छ ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घापागारमा रहेको एक मतदानस्थलमा दुई केन्द्र बनाएर मतदान भएको थियो । मतदान केन्द्र (क) मा सात सय र केन्द्र (ख) मा ७३४ मतदाता गरेर यहाँ जम्मा एक हजार ४३४ जना मतदाता रहेका थिए । मतदाता मध्य ७४४ पुरुष र ६९० महिला रहेका छन् ।
यस वडामा रिक्त वडाध्यक्ष पदका लागि दुई जना उम्मेदवार बिच प्रतिस्पर्धा रहेको छ । नेपाली कांग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत वडा अध्यक्षका उम्मेदवार हुनुहुन्छ ।