मुसिकोट । सरकारको स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मंगलबार आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ ।
टेलिकमले आफ्नो सेवा अवधिको २१औं वर्ष पार गरी २२ वर्ष प्रवेश गरेको अवसरमा रुकुम पश्चिमस्थित कार्यालयले नि:शुल्क सिम वितरण गरिएको छ ।
कार्यालयले सानीभेरी गाउँपालिका ९ सिम्लीमा निशुल्क सिम वितरण गरेको हो ।
कार्यालयका प्रमुख कृष्ण प्रसाद शर्माका अनुसार सर्वसाधारणहरुलाई लक्षित गरेर १८० थान सिम निःशुल्क वितरण गरिएको हो । वितरण गरिएका सबै सिम प्रिपेड नम्वरका हुन् ।