नेपाली कांग्रेस कर्णाली प्रदेशको बैठक सुरु

नेपाली कांग्रेस कर्णाली प्रदेशको बैठक सुरु

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको बैठक वीरेन्द्रनगरमा सुरु भएको छ।

बिहीबार प्रदेश सभापति ललितजंग शाहीको सभापतित्वमा भएको बैठकमा विभिन्न प्रस्तावमा छलफल भइरहेको प्रवक्ता दमन शाहीले जानकारी दिनुभयो।

बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीको उपस्थिति रहेको छ ।

अहिले प्रदेश महामन्त्रीबाट प्रस्तुत प्रस्तावमा प्रदेश कार्यसमिति सदस्य र जिल्ला सभापतिबाट धारणा राख्ने क्रम जारी रहेको छ ।

यस्तै बैठकमा समसामयिक राजनीतिक, सामाजिक र विकास योजनाबारे छलफल हुने बताइएको छ।

बैठक नेपाली कांग्रेस जिल्ला कार्य समिति सुर्खेतको सभाहलमा बसेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार