बुल्गेरिया र आयरल्यान्डको बराबरी

बुल्गेरिया र आयरल्यान्डको बराबरी

एजेन्सी । आयरल्यान्डका खेलाडी साने डुफ्फीले अतिरिक्त समयमा गोल गर्दा बुल्गेरिया र आयरल्यान्डको यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा १–१ गोलको बराबरी खेलेका छन् ।

बिहीबार राति भएको खेलमा बुल्गेरिया र आयरल्यान्डले बराबरी खेल्दै एक–एक अंक बाड्न बाध्य भएका हुन् । भासिल लेभास्की स्टेडियममा भएको खेलमा बुल्गेरीका लागि बोजिदार कार्भेले एक गोल गरे । उता आयरल्यान्डका लागि साने डुफ्फीले एक गोल गरे ।

खेलको ५६ औँ मिनेटमा कार्भेले गोल गर्दै बुल्गेरियालाई अग्रता दिलाए । दोस्रो हाफको इन्ज्युरी समयमा आयरल्यान्डका लागि सानेले गोल गर्दै आयरल्यान्डलाई हारबाट जोगाए । बराबरीसँगै समूह एचमा दुबै टोलीले एक खेलबाट एक–एक अंक जोडेका छन् । वेल्सले भने एक खेलबाट तीन अंक जोडेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार