करेन्ट लागेर कञ्चनपुरमा एकजनाको मृत्यु

करेन्ट लागेर कञ्चनपुरमा एकजनाको मृत्यु

कैलाली । आज कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ३ दैजीका २० वर्षीय दिनेश साउदको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफ्नो पसलमा बिजुली जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका साउदको महाकाली अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार