काठमाडौं । प्रहरीबाट जारी हुने कागजात कीर्ते गरी बीमा रकम दाबी गर्ने एक युवक समातिएका छन्। कागजात कीर्ते आरोपमा महानगरीय प्रहरी वृत्त थानकोटले चन्द्रागिरी–३ का ४० वर्षीय सुशील सुवेदीलाई पक्राउ गरेको हो।
गत कात्तिक २८ गते बा २ ख ६२८६ नम्बरको सार्वजनिक बस रत्नपार्कबाट थाकोटतर्फ जाँदै गर्दा गुर्जुधारामा पल्टिएर क्षति भएको भन्दै बीमा दाबी गर्न सुवेदीले कीर्ते प्रहरी रिपोर्ट बनाएका थिए। दुर्घटना हुँदा बस क्षति भएको भन्ने व्यहोरा प्रमाणित हुने गरी महानगरीय प्रहरी प्रभाग बलम्बुको पत्र चलानी नम्बर १३४१ राखि गत मंसिर ११ गते सई बद्री नेपालीको नक्कली हस्ताक्षर समेत गरी सुवेदीले इन्स्योरेन्स कम्पनीमा पेश गरेका थिए।
अजोड इन्स्योरेन्समा बीमा रकम दाबी गर्दै पेश भएका ती कागजात नक्कली भएको पाइएपछि सुवेदी पक्राउ परेका हुन्। उनीविरुद्ध सरकारी कागजात कीर्तेको आरोपमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको वृत्त थानकोटले जनाएको छ


 
					
							 
			 
                             
                             
                             
                             
                            