चैत्र १९ दाङ
लकडाउनको कारण समस्यामा परेका दाङका नाकाबासीलाई प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले राहत वितरण गर्नुभएको छ ।
सोमबार गढवा गाउँपालिकाको मुसिनाका र खबरीनाकाका १ सय २० परिवारलाई सांसद चौधरीले राहतस्वरुप खाद्यान्न वितरण गर्नुभएको थियो ।
हरेक परिवारलाई १२ किलो चामल, पाँच किलो दाल, आलु, एक लिटर तेल र एक पोका सोयाबिन वितरण गरेको सांसद चौधरीले जानकारी दिनुभएको छ ।
दाङ क्षेत्रनम्बर १ का सांसद चौधरीले खाद्यान्न वितरण गर्दै भन्नु भयो सरकारले कसैलाई पनि भोकै रहन दिँदैन ।
लकडाउनको बेला समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गर्न भन्दै सांसद चौधरीले राहत कोष स्थापना गरेका छन् । त्यसका लागि कृषि विकास बैंकमा ०९१९००१६०७४३५०१६ नं को चल्ती खाता खोलिएको छ । सहयोग गर्नेहरुले बैंक खातामा रकम जम्मा गर्न सक्नुहुन्छ । उहाँले भन्नु भयो सहयोग तथा राहत वितरणको विवरण हरेक हप्तामा सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ ।