चैत्र २० सुर्खेत
स्वास्थ्य सेवा निर्देशनालय अन्तर्गतको प्रयोगशाला सुर्खेतको कालागाउँमा आज पहिलो दिन चारजनाको कोरोना भाइरसको नमूना परीक्षण गरिएको छ । भारतबाट आएका तीन र अर्का एक स्थानीयको नमूना परीक्षण गरिएको हो ।
उनीहरुको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रीता जोशी भण्डारीले जानकारी दिनुभएको छ । उनहाँ अनुसार भोलिदेखि क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको नमूना परीक्षण गरिने छ ।
हाल कर्णालीमा ७६ महिला र सात सय ५८ जना पुरुष क्वारेन्टाइनमा बसेका छन् । यसभन्दा अगाडि कर्णालीका २८ जनाको नमूना परीक्षण गरिएको थियो ।
उनीहरुको पनि रिपोर्ट नेगेटिभ देखिएको थियो । यी २८ जनाको काठमाडौमा नमूना परीक्षण गरिएको थियो