ओरेकद्धारा मुसिकोट नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

ओरेकद्धारा मुसिकोट नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

मुसिकोट । महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपालले रुकुम पश्चिमले मुसिकोट नगरपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ । नगरपालिकाको वडा नम्बर १ र ८ मा महिला र वालवालिकाको क्षेत्रमा काम गर्दै आएको ओरेकले बिश्व महामारीको रुपमा फैलिरहेको कोभिड १९ नियन्त्रणमा सहयोग पुग्ने किसिमका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

ओरेकले मंगलबार नगरपालिकामा पुगेर स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराएको संस्थाकी मनोबिमर्शकर्ता कमला खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार फेस शिल्ड ५५ ओटा, सर्जिकल मास्क ३ सय ५० ओटा, ग्लोब्स ९ सय ओटा, सर्जिकल ग्लोब्स १०० ओटा, सेनिटाईजर १०० एमएलको १० ओटा र ५ सय एम।एलका १५ गोटा तथा सोडियम हाइपोक्लोराइड ५ लिटरका २ ग्यालेन उपलब्ध गराइएको छ ।

एक कार्यक्रमका बिच नगर प्रमुख देबिलाल गौतमलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको हो । स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, स्वास्थ्य शाखा संयोजक मान बहादुर खत्री, ओरेक नेपालकी झरणा बिक लगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार