चैत २६ काठमाडौ
भारतमा पछिल्लो २४ घण्टामा ७७३ कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवातले भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको जानकारी दिएका छन् ।
उनले भने, “पछिल्लो २४ घण्टामा भारतमा ७७३ कोरोना संक्रमित थपिएका छन् । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या पाँच हजार १९० पुगेको छ ।”
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको बीबीसीले जनाएको छ । तर, वर्ल्ड मिटरमा भने कोरोना संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या १६४ पुगेको जनाएको छ ।
भारतमा हालसम्म उपचारपछि ४०२ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ । भारतीय समाचार एजेन्सीका अनुसार एक लाख १२ हजार २७१ को कोरोना परीक्षण गरिएको छ ।