रुकुम पश्चिममा ५३ वडामा एमालेको वडा अधिवेशन सम्पन्न

रुकुम पश्चिममा ५३ वडामा एमालेको वडा अधिवेशन सम्पन्न

मुसिकोट । नेकपा एमाले रुकुम पश्चिमले जिल्लाका ५३ ओटा वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेको छ । पार्टिका कर्णाली प्रदेश कमिटि सदस्य नारायण कुमार शाहले दिनुभएको जानकारी अनुसार जिल्लाका ७३ वडाहरु मध्येमा अहिलेसम्म ५३ वडामाअधिवेशन सम्पन्न भएको छ । उहाँका अनुसार अधिबेशन भएका सबै वडामा सर्वसम्मत कमिटि बनाईएको छ ।
अहिले सम्म आठबिसकोट र मुसिकोट नगरपालिका का १४/ १४ वटै वडाहरुमा र सानिभेरी गाउपालिका का ११ वटै वडाहरुमा र चौरजहारी नगरपालिका, त्रिबेणी गाउँपालिका र बाँफिकोट गाउँपालिका का केही वडाहरु बाहेक सबै वडाहरुमा अधिबेशन सम्पन्न भएको बताईएको छ ।

यस्तै  बाँकी वडाहरुको अधिवेशन कात्तिक १० गते सम्म अधिवेशन सम्पन्न गरिने कर्णाली प्रदेश कमिटि सदस्य शाहले जानकारी दिनुभयो ।

Enter

Narayan Kumar

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार