चैत २८, काठमाण्डौ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्याप्त छलफल गरेर काठमाण्डौमा अलपत्र परेकालाई गृहजिल्ला जाने व्यवस्था गरिने बताएका छन् ।
यसअघि हिजो दुई दिन गृह जिल्ला जान दिने निर्णय सरकारी संयन्त्रबाट नै सार्वजनिक भए पनि पछि निर्णय रद्ध गरिएको थियो । त्यसबारे जानकारी दिदै भट्टराईले प्रधानमन्त्री केपी ओलीले नै छलफल गर्ने भनेर उच्चस्तरीय समन्वय समितिमा छलफल भएको बताए । तर स्थानीय सरकारले विरोध गरेपछि निर्णय नगरिएको उनले जानकारी दिए ।
मन्त्री भट्टराईले नेपाल अझै पनि कोरोनाको जोखिममै रहेको पनि बताएका छन् । पछिल्ला दिनमा कोरोना परीक्षणलाई तिब्रता दिएको उनको दावी छ । हवाइ उडान कहिलेसम्म बन्द हुन्छ भनेर अहिले भन्न सकिने अवस्था नगरेको पनि उनले बताए । यो बेला राजनीतिक द्धन्द्ध गरेर समय खेर नफाल्न पनि उनले आग्रह गरेका छन् ।