काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पहिलो पटक दुर्गममा कार्यरत पत्रकारहरुको तलवमा २० प्रतिशत थप गर्न सिफारिस गरेको छ ।
समितिको तर्फबाट आज सञ्चाार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बुझाएको न्यूनतम पारिश्रमिक पुनरावलोकन सम्बन्धि प्रतिवेदनमा अन्य क्षेत्रमा काम गर्ने पत्रकार भन्दा २० प्रतिशत पारिश्रमिक निर्धारण गर्ने सिफारिस गरेको हो ।
श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१ को (पहिलो संशोधन २०६४) दफा दफा ११ अनुसार गठन भएको समितिले दुर्गममा बसेर काम गर्ने पत्रकारहरुलाई महंगी, सञ्चारको पहुँचमा समस्या लगायतका विषयलाई मध्येनजर गर्दै पहिलो पटक दुर्गमका पत्रकारलाई न्यूनतम पारिश्रमिक भन्दा २० प्रतिशत थप गर्न सिफारिस गरेको समितिका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।
त्यसैगरी अन्य सञ्चार प्रतिष्ठानमा काम गर्ने श्रमजिवि पत्रकारहरुको आधारभूत पारिश्रमिक २२ हजार ३१ कायम गर्न सिफारिस गरेको छ भने कर्मचारीको तलव १९ हजार ५ सय ३१ सिफारिस गरेको हो ।