त्रिवेणी गाउँपालिकामा ७४ सहिद परिवार सम्मानित

त्रिवेणी गाउँपालिकामा ७४ सहिद परिवार सम्मानित

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाले शनिबार सहिद परिवार र घाईते व्यक्तिहरुलाई अभिनन्दन तथा सम्मान गरेको छ ।

सहिद स्मृतिभवन सिम्रुतुमा एक कार्यक्रम आयोजना गरेर विगत शसस्र द्वन्द्वको समयमा सहिद भएका व्यक्तिका परिवार र घाईते योद्धाहरुलाई अभिनन्दन तथा सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

त्रिवेणी गाउँपालिका भित्रका ७४ जना सहिद भएका व्यक्तिका परिवार र २ जना घाइतेलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तिले बताउनुभयो ।

उहाँहरुलाई दोसल्ला, काँसको थाली र अबिर सहित सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । केहि सहिद परिवारका सदस्यहरु जिल्ला बाहिर रहनुभएकोले सम्मान ग्रहणको लागि गाउँपालिकामा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार