इन्जिनियरको चुनावमा कांग्रेस निकटको प्यानल जित नजिक

इन्जिनियरको चुनावमा कांग्रेस निकटको प्यानल जित नजिक

अध्यक्ष हरिबहादुर दर्लामी ।
नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षसहित पदाधिकारी र सदस्यमा नेपाली कांग्रेसनिकट सिडेनको प्यानल जित नजिक पुगेको छ।

कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) ले बाट एसोसिएसनमा दुई प्यानल प्रतिस्पर्धामा थियो। सिडेनबाट हरिबहादुर दर्लामी अध्यक्षका लागि चुनावी मैदानमा उत्रिँदा सिडेनकै दिलिपकुमार झा पनि अध्यक्ष उठेका छन्।

सिडेनका महासचिव रविभुषण झाले सिडेनको प्यानल नै अरूभन्दा निकै अगाडि रहेको बताए। ‘केही प्रदेशको मत गन्न बाँकी छ,’ उनले भने, ‘हामी जितनजिकै पुगिसकेका छौं, आज बेलुका सम्म मतगणना सकिन्छ।’

लोकतान्त्रिक समूहले लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश पनि जितिसकेको बताएको छ।

अध्यक्षमा उठेका दर्लामीले अहिलेसम्म तीन हजार छ सय ६९ मत ल्याएका छन्।

साथै नेकपा एमालेनिकट प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसन नेपालबाट अध्यक्षमा सुरज लामिछाने चुनावी मैदानमा छन्। लामिछानेले अहिलेसम्म दुई हजार सात सय ५९ मत ल्याएका छन्। मतगणना जारी छ।

यस्तै नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन नेपाल, नेकपा एकीकृत समाजवादीनिकट इन्जिनियरिङ नेपाल सिन र जसपानिकट नेपाल इन्जिनियरिङ संघले भने चुनावी तालमेल गर्दै अध्यक्षमा हरिराम पराजुलीलाई उठाएका छन्।

नेपाल मजदुर किसान पार्टीनिकट इन्जिनियर समाज नेपालले राजेन्द्रप्रसाद हाडालाई अध्यक्षमा उठाएको छ। पाँच वटा प्यानलबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ।

इन्जिनियर्स एशोसिएसनको यो अधिवेशनमा करिब २१ हजार पाँच सय मतदाता थिए। तर १० हजार एक सय ९३ मत खसेको थियो। सातै प्रदेश र देशका १४ ठाउँबाट मतदान गरिएको थियो।

एशोसिएसनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सदस्यहरू र परिषद सदस्यका लागि चुनाव भइरहेको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार