बस दुर्घटना हुँदा एक वर्षीया बालिकाको मृत्यु, १५ जना घाइते

बस दुर्घटना हुँदा एक वर्षीया बालिकाको मृत्यु, १५ जना घाइते

प्युठानमा भएको बस दुर्घटनामा एक वर्षीया बालिकाको मृत्यु भएको छ। थप १५ जना घाइतेलाई दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ।

दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं. १ की एक वर्षीया अंशु परियारको मृत्यु भएको सेतोपाटीलाई बताए।

‘प्रतिष्ठानमा ल्याएका घाइतेमध्ये एक जना बालिकाको मृत्यु भएको छ,’ डिएपसी रिजालले भने, ‘थप १५ जना घाइतेलाई घोराही ल्याइएको छ र अन्य घाइतेलाई पनि ल्याउने क्रम जारी छ।’

दुर्घटना शनिबार बिहान साढे १० बजेतिरको हो। प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना परेको हो।

दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार