चैत १० गते हराएका किशोर मृत फेला

रुकुम पश्चिममा

चैत १० गते हराएका किशोर मृत फेला

रुकुम पश्चिममा

मुसीकोट । रुकुम पश्चिममा चैत्र १० गते राति डेराबाट हराएका एक किशोर मृत फेला परेका छन । शनिबार बिहान मुसीकोट नगरपालिका–१ स्थित पातुखोला नजिकैको भीरमा बाँफिकोट गाउँपालिका वडा नम्बर ८ दुली घर भएका १७ वर्षीय करण पुन मगरको शव फेला परेको हो।

मुसीकोट नगरपालिका–१, पातुखोला स्थित फुपुको घरमा बस्दै आएका करण चैत १० गते देखि हराएका थिए । पुनको खोजि भइरहेको थियो । खोजिकै क्रममा उनका भाइहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

कक्षा १० मा अध्ययनरत करणको शव पोष्टमार्टमको लागि अहिले जिल्ला अस्पताल सल्लेमा राखिएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार