रुकुममा पत्रकारको निःशुल्क आँखा जाँच तथा उपचार शिविर

२८ जना पत्रकारको आँखा जाँच

रुकुममा पत्रकारको निःशुल्क आँखा जाँच तथा उपचार शिविर

२८ जना पत्रकारको आँखा जाँच

आँखाको जाँच गर्दै आँखा उपचार केन्द्रका इन्चार्ज धनबहादुर केसी

मुसीकोट । रुकुम पश्चिममा क्रियाशिल पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । शुक्रबार जिल्लामा क्रियाशिल २८ जना पत्रकारहरुको आँखा जाँच गरिएको हो।

नेपाल पत्रकार महासंघ रुकुमले छैटौं जिल्ला अधिबेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको कार्यकाल एक वर्ष पुरा भएको अवसरमा निःशुल्क आँखा जाँच तथा उपचार शिविरको आयोजना गरिएको जनाइएको छ ।

आँखा उपचार केन्द्र सल्लेको सहयोगमा जिल्लामा उपलब्ध क्रियाशिल पत्रकारहरुको आँखा जाँचका साथै निःशुल्क औषधि उपलब्ध गराईएको आँखा उपचार केन्द्र सल्लेका इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार २८ जनाको आँखा जाँच गर्दा १२ जनामा दुरदृष्टिको समस्या देखिएको छ । ९ जनालाई चश्मा प्रयोग गर्नुपर्ने र बाँकीलाई आँखा सुख्खा हुने समस्या पनि देखिएको प्रमुख केसीले बताउनुभयो ।

रिर्पोटिङमा हिडिराख्नुपर्ने पत्रकारहरुको स्वास्थ्यमा ख्याल गर्नुपर्छ भन्ने सन्देश दिन आँखा जाँच शिविर आयोजना गरिएको नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

आज एक औपचारिक कार्यक्रम आयोजना गरेर शिविर सञ्चालन गरिएको थियो । शिविर उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षता रहेको थियो भने स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख बिष्णुबहादुर बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेत्र ज्योती संघ रुकुम शाखाका सभापति शिवराम खत्री, सचिव टेकबहादुर कुसारी, आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर खत्री, प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष हरि गौतम, समाजबादी प्रेस सेन्टरका केन्द्रिय सदस्य अमरराज पुन, पत्रकार लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सचिव हिरा परियारले गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य परिचन्द्र खत्रीले राख्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार