सेनाले दियो सशस्त्र प्रहरीलाई ५९० हतियार

सेनाले दियो सशस्त्र प्रहरीलाई ५९० हतियार

नेपाली सेनाले तालिम तथा विशिष्ट व्यक्तिको सुरक्षाका लागि सशस्त्र प्रहरी बल, नेपाललाई हतियार उपलब्ध गराएको छ । आइतबार सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा पहिलो चरण अन्तर्गत सशस्त्र प्रहरीलाई ५९० हतियार हस्तान्तरण गरेको हो । कार्यक्रममा रक्षा सचिव र गृह सचिवको समेत उपस्थिति थियो ।

प्रमुख सेनानी प्रभुराम शर्माले प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई उक्त हतियार हस्तान्तरण गरेका हुन् । ५ सय इन्सास राइफल र  लाइट सपोर्ट हतियार ९० वटा हस्तान्तरण मुख्यालयले जनाएको छ ।

नेपाल सरकारको चैत २४ गतेको निर्णयअनुसार उक्त हतियार हस्तान्तरण गरिएको हो । इन्सास राइफल ९ हजार र लाइट सपोर्ट हतियार १ हजार ६ सय उपलब्ध गराउनुपर्ने छ ।

बललाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा र ठूला कार्यक्रम सञ्चालनका हतियार प्रयोग गरिनेछ । पहिलो चरण अन्तर्गत ५ सय ९० हतियार सशस्त्र प्रहरी बललाई उपलब्ध गराएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार